भक्तपुर । नेकपा माओवादी केन्द्रको साहायक संगठन वाईसियल भक्तपुर समन्वय समिति तथा सुर्यविनायक नगर समितिले र्सिजनात्मक काम सुरू गरेकाे छ ।  मंसिर ४ गते हुने चुनावको प्रचारमा समेत टेवा पुग्ने गरि वाईसिएल भक्तपुरले अरनिको राजमार्गमा भक्तपुर भएर गुड्ने सवारी साधनका यात्रुलाई निशुल्क मास्क र खानेपानी वितरण गरेकाे हाे । 

शनिबार विहान ७ बजेदेखि याे अभियान  सुरु भएकाे वाईसिएल केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज नरेश रन्जितले जानकारी दिए । भक्तपुर भएर विपि राजमार्गमा पूर्व तथा पश्चिम जाने सवारी र बागमती प्रदेशका काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा लगायतका जिल्लाका मानिसहरु आवत जावत गर्ने गर्दछन् । 

वाइसिएलले वितरणा गर्न लागेकाे पानीकाे बाेतलमा माओवादीकाे चुनाव चिन्ह, दशैंकाे शुभकामना, वाइसिएलकाे झण्डा प्रिन्ट गरिएकाे छ । वाइसिएलले गरेकाे याे काम उदाहरणीय  रहेकाे यात्रुहरुले बताएका छन् । हतारमा मास्क तथा पानी समेत नबाेकी हिँडेकाे अबस्थामा संगठनले राम्राे काम गरेकाे उनीहरुकाे भनाइ छ ।