पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनी  प्रदेशकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा रंगशालामा शनिबार हिट चरणमै निशाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

निशाले निर्धारित दुरी १२.१५ सेकेन्डको समयमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान रहेको थियो ।