
काठमाडौं । नेपालबाट पुनः अर्काे सिमेन्ट उद्योगले पनि निर्यात सुरु गरेको छ । सिमेन्ट निर्यातबाट पनि नेपालले आफ्नो व्यापार घाटा कम गर्न सक्ने अवस्थाको सिर्जना हुने भएको छ ।
आजबाट अर्घाखाँची सिमेन्टले आफ्नो आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ । अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । कम्पनीले भारतको यूपी सहरमा सिमेन्ट निर्यात गरेको हो ।
सिमेन्ट कम्पनीका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात गर्दा एउटा सपना पूरा भएको बताए । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले यसअघि नै सिमेन्ट भारत निर्यातको सुरुवात गरेको थियो । अर्घाखाँची सिमेन्ट निर्यात हुने सिमेन्टको दोस्रो नम्बरमा रहेको छ ।
Facebook Comments