काठमाडौं । धादिङको गल्छि गाउँपालिका वडा नं. २ कल्लेरी बस्ने ३५ वर्षीया चमेली गैरे ६ महिनादेखी मृगौला रोगबाट ग्रसित थिइन् । उनको काठमाडौँस्थित वीर अस्पतालमा डायलसिस गराउँदै आएकी थिइन ।

जिबनभर मृगौला डायलासिस गरिरहनु भन्दा बरु मृगौला ट्रान्सप्लान्ट गर्दा ढुक्क हुने भन्दै गैरेको परिवारल ट्रान्सप्लान्ट गर्ने निर्णय गर्यो । गैरेको परिवार मिर्गौला प्रत्यारोपण गर्ने सोचमा पुग्यो ।

चमेलीका लागि उनकी सासु जुठी सार्की किड्नी दिन राजी भइन् । त्यसका लागि विगत ३ महिना देखी वीर अस्पतालमा विभिनन प्रकारका स्वास्थ्य जाँच भइरहेको थियो ।

सासुले मिर्गौला दान दिएर ३२ वर्षकी चमेली गैरेको ज्यान बचाउन तयार भइन् । गत मंगलबार चिकित्सकहरुले सासूको मिर्गाैला झिके । तर, स्वास्थ्य परीक्षण गरेर झिकिएको मिर्गौला बुहारीलाई प्रत्यारोपण गर्ने बेला ‘मिर्गाैला मिलेन’ भन्दै प्रत्यारोपण नै गरेनन् ।

प्रत्यारोपण त परेको कुरा, एक व्यक्तिको मिर्गौला अर्कोमा म्याच गर्छ कि गर्दैन भन्नेसम्म थाहा नपाउने कस्ता चिकित्सक त ? भनेर प्रश्न उठेको छ ।

चमेलीका पति जीतबहादुर सार्कीले भने, ‘वीर अस्पतालले किड्नी ट्रान्सपलान्ट गर्न आमाको मृर्गौला झिक्यो । तर, झिकेपछि अस्पतालका चिकित्सकले ट्रान्सप्लान्ट गर्न नमिल्ने  भने । आमाको मिर्गौला खेर गयो । पहिले नै मिल्दैन भनेको भए हामी प्रत्यारोपण गराउने सोचमा नै जाने थिएनौं ।’

वीर अस्पताल निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले मिर्गौला प्रत्यारोपण गर्न नमिलेको बताए । उनले, ‘मिर्गौला निकाल्नु भन्दा पहिले ठिक थियो । तर, निकालेपछि मिलन । वीर अस्पतालले यसभन्दा पहिले ४ सय ९९ जनाको सफल मृर्गौला प्रत्यारोपण गरेको थियो । ५ सयको पालामा आए के भयो, भयो !’

के कारणले प्रत्यारोपण गर्न नमिलेको हो भनेर अस्पतालले छानबिन समिति बनाएको बताए ।