ललितपुर । ऐतिहासिक सहरभित्र पर्ने ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार अमृत खड्काको पक्षमा जनमत उर्लिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा युवा, प्रष्ट ‘भिजन’ भएका, विकासप्रेमी र समाजसेवी खड्काको जित सुनुश्चित बन्दै गएको छ ।

घरदैलो गरिरहेका खड्कालाई प्रत्येक टोल–टोल, घर–घरमा स्थानीयले स्वागतसहित अग्रिम शुभकामना दिइरहेका छन् । मध्यमवर्गीय सहरी वस्तिका बुद्धिजीबि, व्यावसायी, उद्योगी, महिला, युवाले खड्काको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्यसहित नेकपा (एमाले)तर्फबाट उम्मेदवार बनेका खड्कासँगै क्षेत्र नं. ३ प्रदेश (१)का रघुनाथ महर्जन र ३ प्रदेश (२)का प्रेमभक्त महर्जनसहितको टिमप्रति जन उभार देखिएको छ । 

‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर ! हामी बनाउँछौँ समृद्ध, व्यवस्थित र सुन्दर सहर !!’ बनाउने प्रतिबद्धतासहित खड्का चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर महानगरपालिका २५ वडा सैँबु भैँसेपाटीका पञ्चमान लामा भन्छन्– ‘खड्का यस क्षेत्रका लागि धेरै राम्रो मान्छे हुनुहुन्छ । हामी उहाँलाई विजय गराउनेछाँै । उहाँ राजनीति, समाज सेवा व्यवसायदेखि लिएर हरेक क्षेत्रमा राम्रो मान्छे हुनुहुन्छ ।’

खड्का युवा पुस्ताका लागि प्रेरणादायी व्यक्ति भएको उनले बताए । ‘राजनीति, समाज सेवा, व्यापार, व्यवसायका गर्न युवा पुस्तालाई उहाँले मार्गदर्शन गर्नुहुन्छ भन्नेमा युवा पुस्ता विश्वस्त छ’, लामाले भन्नुभयो– ‘उहाँ एक युवा प्रेमी हो । यो क्षेत्रका दाजुभाइले नै अमृत खड्कालाई रोज्ने र रोजेका छन् ।’

आफ्नो भिजन प्रष्ट राख्ने विपक्षीप्रति नम्र, सालिन देखिने खड्का २०५४ को स्थानीय चुनावमा तात्कालिन सैँबु गाविस अध्यक्ष हुँदा गरेका विकासले समेत उनको छबि जनताबीच थप चुलिएको हो । खड्कालाई बुझ्ने अर्का प्रतिनिधि पात्र हुन २९ वडा हरिसिद्धिका रमेश महर्जन भन्छन्– ‘खड्का सफल राजनीतिज्ञ, व्यवसायसँगै मुलुकको मुहार फेर्ने भिजन भएका व्यक्तित्व हो । उहाँका प्रत्यासी पटक–पटक टेष्ट भइसक्नु भयो । युवाहरुको भविष्य कोर्न सक्ने अमृत दाइ नै हो । यस पटक हाम्रो क्षेत्रले राम्रो उम्मेदवार पाएकाले जिताउन हामी युवा सबै लाग्छौँ ।’

खड्कासँग प्रत्यक्ष साक्षात्कार नगरेका महर्जन भन्नुहुन्छ्– ‘उहाँ कस्तो व्यक्ति हो भन्ने मैले टोल, छरछिमेक र समाचारहरुबाट थाहा पाएँ । उहाँका मननयोग्य भनाई, प्रष्ट भिजन भएका व्यक्ति भन्ने धारणा म जस्ता आम युवामा परेको छ । अब उहाँलाई जिताएर यस क्षेत्रले गौरव गर्नुपर्छ ।’

ऐतिहासिक सहर ललितपुरको सम्बद्र्धन, संरक्षण र विकास बारे खड्काले दिएका अभिव्यक्तिबाट उत्साहित बनेका सोही वडाकी कल्पना श्रेष्ठ भन्छिन्– ‘अमृत खड्का एक भिजन भएको व्यक्ति हुनुहुन्छ । यस अघिको निर्वाचनमा पम्फा भुषाललाई मत दिएर बिजय गराएका हौँ । तर उहाँले यो क्षेत्रका लागि केही काम गर्नु भएन । यस क्षेत्रमा पटक–पटक टेष्ट भइसकेकीले अबको बिकल्प अमृत खड्का हुन भन्ने आम बुझाई छ ।’

खड्का नयाँ जोश र जाँगरका साथ अघि बढेकाले समाजका लागि केही गर्ने देखिएको उनले बताइन् । ‘खड्कामा युवाप्रतिको भिजन भएको देखियो । मुलुकको भविष्य युवा नै हुन भन्नेमा उहाँको गहिरो अध्ययन छ । हामी धापाखेलवासीले उहाँलाई जिताउने अभियान नै सुरु गरेका छौँ’, उहाले भन्नुभयो ।

त्यस्तै १४ वडा नखिपोटका सुजन श्रेष्ठले भिजनसहित एक युवा चुनावमा उम्मेदवार बने आएकोमा आफूहरुले गर्व गरेको बताउनुहन्छ । ‘यो वा त्यो पार्टी भन्दा पनि कसलाई भोट दिने भनेर हामी युवाबीच छलफल हुँदा अमृत खड्का नै रोजाईमा पर्नुभएको छ’, श्रेष्ठ भन्नुहन्छ ।  

रोजगारीका निम्ति विदेशिने युवा पंक्तिलाई स्वदेशमै रोजगार उपलब्ध बनाउँछु भन्ने व्यक्तिका रुपमा खड्कालाई बुझेको श्रेष्ठले बताए । सोही वडाकी लक्ष्मी कार्कीले ललितपुर क्षेत्र नम्बर ३ ले पहिलो पटक उपयुक्त उम्मेदवार पाएको बताउनुभयो ।  कार्कीले भन्नुभयो– ‘हामी युवा भएकाले युवालाई नै महत्व दिने व्यक्ति रोजेका छौँ । यो पटक एमालेलाई धन्यवाद दिनै पर्छ, एक भिजनसहितको युवालाई यस क्षेत्रमा उम्मेदवार बनाएकोमा । यसपाली हामीले नयाँ अनुहार रोज्ने मौका पनि पाएका छौँ ।’

खड्काको संवाद, प्रतिबद्धता देखेरै भोट दिने निर्णयमा आफू पुगेको सोही वडाकी कलावती राईले सुनाईन । ‘उहाँको उर्जा, वडाका हरेक कार्यक्रममा सहभागि, राजनीतिक अडान, समाज सेवा, आफ्नै सफल व्यवसाय, सयौँ व्यक्तिलाई रोजगारी सृजना गराएका व्यक्तिलाई जिताउँदा मुलुकको लागि पनि हित हो । उहाँका यस्ता सयौँ कामले हामी थप उत्साहित बनेका छौँ’, राईले भनुभयो ।