भोजपुर । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो। 

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो।

प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् । घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।

उनी विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।