ललितपुर । बाग्मती प्रदेश सभाका लागि  नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं ३ क का उम्मेदवार रघुनाथ महर्जनले लामो समयदेखी सामाजिक क्षेत्रमा आफूले गरेको योगदान नै आफूले निर्वाचन जित्ने प्रमुख आधार भएको बताएका छन् । निर्वाचनको मिति आउन ३ दिन मात्र बाँकी रहँदा महर्जनले आफूले लगभग चुनाव जितिसकेको र अब औपचारिक रुपमा मतदान गरि घोषणा मात्र गर्न मात्र बाँकी रहेको दावी गरे ।

 

पुस्तक व्यवसायीसमेत रहेका महर्जनले भने," चुनावी घरदैलोका क्रममा मतदाताले देखाएको उत्साह र मप्रतिको अगाध मायाले मलाई पनि उत्साहित बनाएको छ । विगतका टेस्टेड जनप्रतिनिधिले जनता र विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको गुनासो मैले मतदाताबाट पाएँ ।"

 

महर्जन यसपटक जनताले नयाँ अनुहार खोजेको र यसका लागि आफू उपयुक्त उम्मेदवार रहेकाले आफ्नो जीत पक्का भएको दावी गर्छन। विगतमा निर्वाचित सांसदले ५ वर्षभित्र विकास निर्माण तथा अन्य जनताका सवालमा देखिने गरी केही काम गर्न नसकेको उनको आरोप छ। यसपटक उक्त क्षेत्रको लागि विकास निर्माणको साथै शिक्षा,स्वास्थ्य, खेलकुद,संस्कृति संरक्षण, पर्यटनको क्षेत्रमा धेरै काम गर्ने योजना रहेको महर्जन बताउछन। १२ वटा वडाभित्र पुरातात्विक धरोहरको रुपमा ६५ वटा ढुंगेधारा रहेको जसमध्ये १/२ ओटा धारमा मात्र मुस्किलले पानी आउने भएकाले ती सबै धारमा पानी झार्नको लागि स्रोतको पहिचान गर्दै पानी ल्याउन आफ्नो प्राथमिकता हुने महर्जनले बताए। ‘ विगतमा जित्नेले ढुंगेधारा संरक्षण जस्ता महत्त्वपूर्ण सवालमा ध्यान नै दिएनन। तर यस्ता कुराले हाम्रो क्षेत्रलाई विश्वयापी पहिचान दिने माध्यम हुन सक्छ। ‘ उनले भने।

 

यसैगरी आफ्नो क्षेत्रभित्र रहेका विभिन्न समस्याको समाधानका लागि त्यहाँका राजनीतिक दल, बुद्धिजीवी तथा अन्य सरोकारवाला संग समन्वय र छलफल गरी पूर्णता दिने महर्जनको भनाई छ। यस्तै कला संस्कृति तर्फ ललितकलाको अध्ययन गर्ने एक क्षेत्रको रुपमा आफ्नो क्षेत्रलाई विकास गर्ने आफ्नो योजना रहेको महर्जनले सुनाए। कृषि क्षेत्रको समेत सम्भावना रहेको क्षेत्रमा सिचाइको लागि पुरातात्विक राजकुलोहरु संरक्षण गरी त्यसलाई व्यवस्थित गर्ने, शिक्षा सेवातर्फ सामुदायिक विद्यालयको सबलीकरण तथा नीजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई आकर्षण गर्ने कार्यक्रम लगायत महर्जनका योजना रहेका छन्।

 

ललितपुर क्षेत्र नं १ को १ तर्फ गोदावरी नगरपालिकाका वडा नं १२ र १४ तथा ललितपुर महानगरपालिकाको ५, १३, १४, १५,२३, २४, २६, २७, २८, २९ गरी १२ वटा वडाहरु पर्दछन।  उक्त क्षेत्रमा रघुनाथ सँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राजकाजी महर्जन चुनावी प्रतिष्पर्धा गर्दैछन् । राजकाजी २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनको तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित भएका थिए ।