ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार डा. सचिन घिमिरेले विभिन्न माग राख्दै गरेको ‘सत्याग्रह’ त्याग्ने भएका छन् । प्रतिनिधीसभाकै एमाले उम्मेद्वार नवराज सिलवालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका डा घिमीरेका मागहरु संबोधन गर्ने सहमती भएपछि उनले सत्याग्रह त्याग्ने घोषणा गरेका हुन् । यद्यपी उनले औपचारिक रुपमा अनसन भने भोली शुक्रबार विहान ७ बजे ललितपुर महानगरपालिकाको वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष नरसिंह ब्यञ्जनकारको हातबाट जुस खाएर तोड्ने बताए । ‘ विहान अनसन तोड्ने भनेपनि प्रहरीले राती १२ बजे पक्रियो भने प्रहरी चौकीबाटै मैले अनसन तोड्ने छु, उनले भने, ‘विद्रोहको विगुल मैले फुकेको छु, अब मैले उठाएका मागलाई अरुले पनि संबोधन गर्नुपर्छ ।’ चापागाउँ टाहाखेल चौतारामा सातबुँदे मागसहित उनी मंगलबारदेखि ‘सत्याग्रह’मा बसेका थिए ।  डा सचिनका माग संबोधन गर्ने क्रममा सिलवालले आफ्नो र सचिनको माग एउटै रहेको बताए । ‘ हामी यो मूलुकलाई शुसासन कायम गराउने अभियानमा निरन्तर लागिपरेका छौँ, मैले गरेका सबै कामहरु पारदर्शि छन् ’, उनले भने, ‘ सचिन भाइको जुन अभियान छ , त्यो मेरो पनि अभियान हो ,राजनितीलाई निर्मलीकरण गर्ने , यूवालाई राजनिती प्रति आर्कषित गर्ने पक्षमा हामी छौँ ।’ उनको जस्तै नागरिकहरुको सामाजिक आर्थिक रुपान्तरण होस् भन्ने हाम्रो पनि कामना छ । अनसनका क्रममा निवर्तमान सांसदले आफ्नो कार्यकालमा भएको आयव्यय सार्वजनिक गर्नुपर्ने माग पनि डा सचिनले राखेका थिए ।