इलाम  ।  इलामको द्रुत मार्गमा काम गर्ने श्रमिकले आफूले गरेको कामको पैसा नपाएको गुनासो गरेका छन् । इलामको गोला खर्क भन्ज्याङदेखि बेलासे सम्मको कालोपत्रे सडक निर्माणको जिम्मा पाएको कम्पनीमा काम गर्ने श्रमिकले ज्याला नपाएको गुनासो गरेका हुन । 

पटक पटक आफ्नो कामको पैसा माग्दा भइहाल्छ भन्दै निर्माणकम्पनीबाट आफुले पैसा नपाएको 
त्यहाँ काम गर्ने एक श्रमिकले बताए । आफ्नो नाम नले नाम केही गरी बाहीर आएको खण्डमा पैसा नपाउने भन्दै लामो समय देखीको पैसा नपाएको र कति पटक त पैसा माग्दा आफुले गाली समेत खानु परेको उनले गुनासो गरे । 

चाडबाडको समयमा घर जाने बेला  र अहिले निर्वाचनको समयमा मतदान गर्न जाने समयमा पनि पैसा नपाउँदा आफुहरलाई सास्या परेको उनको भनाइ छ । यस विषयामा गजुरमुखी निर्माण सेवा प्रालि इलामका प्रतिनिधिले यो आफनो आन्तरीक कुरा रहेकोले छिट्टै मिलाउने बताए पनि श्रमीक हरको गुनासो भने रही  रहेको छ । उक्त सडक कालोपत्रे गर्ने गरी निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवा प्रालि इलामले पाएको छ । 

मेची राजमार्ग हुँदै तराई पुग्न भन्दा फास्ट ट्र्याक हुँदै तराई पुग्न यातायात दुरी आधा छोटो हुने देखिन्छ । मेची राजमार्गको दुरी इलाम बिर्तामोड ८६ किलोमिटर रहेकोमा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै झापाको  बिर्तामोड पुग्न सकिने भएको छ । 

नयाँ खोलिएको द्रुत मार्ग नौ किलोमिटर बाहेक बाँकी खण्ड पुरानो कच्ची सडक रहेको छ । इलाम नगरको श्रोत  साधन प्रयोग गरेर डिपिआर तयार गरी निर्माणको ठेक्का खुलाइएको थियो ।  उक्त सडक कालोपत्रे गर्ने गरी गजुरमुखी निर्माण सेवा प्रालिले जिम्मा लिएको छ ।