काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौ निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गर्नुभएका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पुर्ण मतदाताको जित भएको बताउनु्भएको छ । निर्वाचन अघि खुलेको  राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित हासिल गर्न सफल श्रेष्ठले यो जित आफ्नो नभै सम्पुर्ण मतदाताको जित भएको बताउनुभएको छ । 

 विजयी लगत्तै उहाँले भन्नुभयो–गएको निर्वाचनमा  मेरा मतदाताले जसरी अगाध मायाले मत दिएर विजयी गराउनुभएको थियो, यो निर्वाचनमा पनि त्यसरीनै विजयी गराउनुभएकोमा सबै मतदातालाई धन्यवाद दिन चाहन्छु । यो जित मेरो मात्र होइन सम्पुर्ण राष्ट्रवादी जनताको हो , नेकपा एमालेको हो–उहाले भन्नुभयो 

  विजयी लगत्तै प्रतिकृया दिदै उहाँले भन्नुभयो–मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु । जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तिब्रगतिमा लौजानेछु । 

   काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत  खसेको थियो । श्रेष्ठले११ हजार ९ सय ५६ मत ल्याएर विजयी हुनुभएको थियो । उहाको  प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्र्टीका टेकवहादुर पोखरेल १० हजार ९ सय ६१ मत ल्याएका थिए । 

गठबन्धनबाट उम्मेदवार  हुनुभएकी माओवादी केन्द्रकी  धमलाले ६ हजार ४ सय २ मत पाउनुभएको थियो । बिसं २०४८ पछि भएको निर्वाचनमा  आठ पटक उम्मेदवार बन्नुभएका श्रेष्ठ एमालेका स्थायी कमिटी  सदस्य हुनुहन्छ । यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रबिधि, वन तथा वातावरण,स्वाथ्य तथा जनसंख्या,श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री बन्ने भाग्यमानी नेता हुनुहुन्छ । श्रेष्ठले यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा विजयी हासिल गर्नुभएको छ ।  

  निर्वाचित भए लगत्तै श्रेष्ठले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्र्यार्पण गर्नुभएको थियो । त्यसअघि मत गणना स्थलबाट कुलेश्वरस्थित निर्वाचन परिचालन कार्यालय पुग्नुभएको थियो । आज दिउँसै स्युचाटार र लगनस्थित सम्पर्क कार्यालयमा पुगेर मतदातालाई धन्यवाद दिनुभएको थियो । त्यस अवसरमा उहाँले सबै मतदाताको सहयोगले आफुले निर्वाचनमा विजयी हासिल गरेको बताउनुभयो ।