काठमाडौं । ताप्लेजुङमा एमालेका योगेश भट्टराई र काठमाडौ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । 

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै एमालेका भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । मत परिणामको औपचारिक घोषणा हुन बाँकी नै रहेको छ ।


यस्तै गरी काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।  खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।
सो क्षेत्रमा नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।