धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई बिजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापालाई १ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।

धनकुटामा मतगणना सकिएको छ । तर, आधिकारिक रुपमा मत परिणाम घोषणा हुन बाँकी छ ।  एमाले केन्द्रिय सदस्यसमेत रहेका राईले ३० हजार ९३ मत प्राप्त गरेका भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वार थापाले २८ हजार ७ सय ३ मत ल्याएका छन् । 

१ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको धनकुटामा ५९ दशमलव ४० प्रतिशत अर्थात  ६९ हजार ४ सय ९६ जनाले मतदान गरेका थिए ।

धनकुटाबाट राई प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि राप्रपाका तर्फबाट उम्मेद्वार बनेका थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गर्दै ३७ हजार ३ सय ३३ मतसहित उनी बिजयी भएका थिए ।