मेचीनगर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् ।

यसैगरी सोमबार साँझ मत परिणाम घोषणा भएसँँगै एमाले उम्मेद्वारद्वय खरेल र कोइरालाले नेकपा एमालेलाई मत प्रदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने इमान्दार कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विज्ञप्ति नै जारी गरेर हार्दिक आभार व्यक्त गरेका छन् ।

आगामी दिनमा झापा–१ का जनताको पक्षमा सदैव अग्रणी भूमिका निर्वाह गर्ने एमाले नेताद्वयको विज्ञप्तिमा उल्लेख छ