झापा । झापाको निर्वाचन क्षेत्र नं ५ अहिले समानुपातिक तर्फको मतगणना चलिरहेको छ । प्रत्यक्ष तर्फका प्रतिनिधीसभा र प्रदेशसभाको अन्तिम परिणाम प्रकाश गरेर निर्वाचन कार्यालयले अहिले प्रतिनिधीसभा तर्फको समानुपातिक मतको गणना गरिरहेको छ ।
जसमा पहिलो चरणमा ५ हजार ३ सय ९२ गणना सकिएको छ । यसमा १ हजार ८ सय ४३ मत ल्याएर नेकपा एमालेले आफुलाई अग्रतामा राखेको छ भने यसमा पछ्याइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टि रहेको छ । यो पार्टिले १ हजार २ सय २३ मत ल्याएर एमालेसँग निकततम प्रतिस्पर्धा गरेको छ । 

नेपाली काग्रेसले भने ४ सय ८८ र माओवादी केन्द्रले ७ सय ४५ मत ल्याएको छ । यो क्षेत्रमा अघिल्ला अघिल्ला चुनावमा आफुलाई दोस्रो शक्ति ठान्ने राष्ट्रिय प्रजातन्त्र पार्टिले ५ सय ३२ मत ल्याएको छ । अन्य साना दलहरुले १ सय पनि मत कटाएका छैनन् । समानुपातिक चुनावमा यहाबाट ४७ दलहरुले सहभागीता जनाएका थीए ।