रूपन्देही । कपिलवस्तुमा ७४ सालमा चुनाव जितेका तीनैजना सांसद यसपटक पराजित भएका छन् । पार्टीभित्र प्रभावशाली नेताहरूको पहिचान बना एका उनीहरू हारेका हुन् ।

 

७४ मा क्षेत्र नम्बर १ बाट माओवादी सचिव चक्रपाणी खनाल ‘बलदेव’, २ मा सूर्य चुनाव चिह्न लिएर वृजेशकुमार गुप्ता र ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका थिए । यो निर्वाचनमा जनताले नयाँ अनुहार खोजे ।

१ मा एमालेका बलराम अधिकारीसँग बलदेव १४ हजार ७२७ मतान्तरले पराजित भएका छन् । बलदेवले १६ हजार ७२७ मत पाउँदा अधिकारीले ३१ हजार २१६ मत पाएका छन् ।

खनालले अघिल्लो पटक कांग्रेसका दीपकुमार उपाध्यायलाई हराएका थिए । बलदेव, उपाध्याय र अधिकारी ७० मा एकअर्काका प्रतिस्पर्धी थिए । त्यो निर्वाचनमा अधिकारीले बलदेव र उपाध्यायलाई पराजित गरेका थिए । यीनै अधिकारी पुनः संघीय संसदमा फर्किएका छन् ।

२ मा ५६ देखि लगातार जित्दै आएका वृजेशकुमार गुप्ताको संसद यात्रामा यसपालि कांग्रेस नेता सुरेन्द्र आचार्यले ब्रेक लगाएका छन् । ३१७ मतान्तरले पराजित भएका गुप्ताले आचार्यलाई ७४ सालमा पराजित गरेका थिए ।

०६४ को पहिलो संविधान सभामा सानै उमेरमा चुनाव जितेर चर्चामा आएका अभिषेक प्रताप शाहको लगातारको संसदयात्रा बे्रक लागेको छ । लगातार तीन चुनाव जितेका शाह यो निर्वाचनमा नेकपा ९एमाले० का उम्मेदवार मंगल प्रसाद गुप्तासंग पराजित भए । यिनै गुप्तालाई ०७४ सालमा पराजित गरेर संघीय संसदको यात्रा तय गरेका शाह यो निर्वाचनमा ३ हजार ६३६ मतान्तरले हारे ।

०७४ मा शाह गुप्तालाई ४ हजार ४७० मतान्तरले हराएका थिए । अहिले सत्ता गठबन्धनको साथ पाउँदा पनि गतवर्ष एमाले छिरेका मंगल गुप्तासँग जीत निकाल्न सकेनन् । शाहले १८ हजार ९८३ मत ल्याउँदा गुप्ताको २२ हजार ६१९ मत आएको छ ।