
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल पुगेको छ । डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन् ।
बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन् । त्यसक्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए ।
उनले यहाँका बासिन्दाको कुरा पनि संघीय सरकारले नसुनेको गुनासो आएको पनि बताएका छन्। उनले काठमाडौंबासीले जहिले पनि पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको क ा रण पनि मेलाम्चीको अवस्था के छ भनेर बुझ्नका लागि आफुहरु मेलाम्ची आएको बताए ।
टोलीमा कांग्रेस नेता सिंह, नवनिर्वाचित प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, सुरजचन्द्र लामिछाने, छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, हेलम्बुका गाउँपालिकाका अध्यक्ष निमा ग्यल्जेन शेर्पा पनि रहेका छन् ।
मेलम्ची खानेपानी आयोजनाले यही मंसिर अन्तिमसम्म काठमाडौंको सुन्दरीजलमा पानी खसाउने गरी सुरुङमा पठाउने तयारी ग री रहेको छ।
Facebook Comments