विराटनगर । विराटनगरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि विराटनगरको सहकार्यमा शिवीर सञ्चालन ग रिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा बत्ती बालेर बिधिवत रुपमा समुद्घाटन गरेकी थिइन् ।
शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत,जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ ।
शिविरमा भिडियो एक्सरे, ईसीजी लगायतका बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा रहेको उक्त शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो ।
एक दिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु , पुर्व प्रहरी, अमर र अशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३७१ जनाले निःशुल्क स्वास्थ्य सेवालिएका थिए ।
Facebook Comments