
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा दुई नेताहरुबीच कडा पञ्तिस्पर्धा हुने देखीएको छ । माअ ोवादी केन्द्रको बागमतीमा शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएकोहो ।
२१ सांसद रहेको माओवादी बागमतीमा एकले अर्कोलाई सजिलै समर्थन गर्न सक्ने अवस्था नभएपछि संसदीयदलको नेताका लागि चुनाव हुन सक्ने संकेत देखिएको छ । यसअघि दलको नेता भएका जमरकट्टेलले यस पटक अ ाफुलाई छाड्नुपर्ने पौडेलको दाबी रहेको छ । उनले यस अघि नै पार्टीको प्रदेशमा संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताउँदै आएका थिए ।
अहिलेसम्म दलको नेता हुनका लागि सालिक र सरल दुई जनाले दाबी गरेका कारण चुनाव नै हुन सक्ने संकेत देखिएको वागमती प्रदेश सांसद कुमारी मोक्तानले बताइन् । सकेसम्म सर्वसम्मत दलको नेता चयन गर्ने पक्षमा पार्टी रहेको हुँदा सर्वसम्मत नभएमा चुनावी विधि अपनाउने उनको भनाइ छ ।
प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गतेको सकिएपछि माओवादीले दलको नेता चयनको प्रक्रियामा जाने तयारी गरेको छ । प्रदेश संसदीय दलको नेता नै भावी मुख्यमन्त्री हुने भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको हो ।
Facebook Comments