काठमाडौं । फिफा विश्वकपको २२ औं संस्करण सम्पन्न भएको एक  साता वित्न लाग्यो । तर कतार विश्वकप बारे चर्चा भने  सकिएको छैन  ।  संचारमाध्यम, खेलाडी, प्रशिक्षक, समर्थक सवैले आ–आफ्नो हिसावले कतार विश्वकपको समिक्षा र विश्लेषण गरिरहेका छन् । 
कतारले  सन २०१० मा आयोजना अधिकार पाएदेखीनै प्रश्न र आलोचनाको सामना गर्यो । अधिकार प्राप्त गर्दा भ्रष्टाचार गरेको , आप्रवासी कामदारको श्रम शोषण गरेको, मानवअधिकार उल्ङघन लगायतका आरोपलाइ कतार सरकारले कहिल्यै पनि स्विकार गरेन् । विश्वकपकै कारण कतारमा श्रमिक कानुनमा केही सुधार भने आयो । ब्यापक दवावका बीच कतारमा भएको विश्वकप इतिहासकै एक उत्कृष्ट प्रतियोगिता बनेको छ । 
गत पुष तीन गते दोहा स्थित लुसेल स्टेडियममा  इतिहासको साक्षाी बन्दै कतार विश्वकप सम्पन्न भयो । फाइनलमा अर्जेन्टिनाले , फ्रान्सलाइ टाइब्रेकरमा ४– २ ले पराजित गर्दै ३६ वर्षपछि उपाधी जित्यो । ८० मिनेट सम्म दुइ शुन्य गोलले अघि रहेको अर्जेन्टिना विरुद्ध फ्रान्सलाइ किलियन एम्बाप्पेले खेलमा फर्काएका थिए । 
उनले ९७ सेकेन्डमा दुइ गोल गरेपछि फाइनल रोमान्चक, प्रतिस्पर्धात्मक र नाटकिय बनेको थियो । अतिरिक्त   समयमा तीन तीन गोलको बराबरी भएपछि पेनाल्टि भएको थियो । एम्बाप्पेले ह्याट्रिक गरेपनि फ्रान्स उपाधी जोगाउन असफल भयो । लियोनल मेसीले करियरको पहिलो विश्वकप उपाधी हात पारे । 
मेसीले विश्वकप ट्रपली उचालेको विषेश क्षण, एम्बाप्पेको जादुयी प्रदर्शन, मोरक्कोको सफलता, एशीयाली मुलुकहरुको बलियो उपस्थिती , महिला रेफ्रि लगायतले कतार विश्वकपलाइ यागदार बनायो । 
नोभेम्बर डिसेम्बरमा भएका कारण प्राय सवै खेलाडी  घरेलु लिग छाडेर विश्वकपमा सहभागी भए । एउटै शहर दोहा, जम्मा ८ स्टेडियम, घरेलु लिगको मध्य , तापक्रम, गल्फ राष्ट्र कतारले यति ठुलो प्रतियोगिता गर्छ  भन्नेमा धेरैको आशंका थियो । उद्घाटनको अघिल्लो दिन सम्मपनि कतारले मानवअधिकार उल्ङघनको कडा आलोचना खेपेको थियो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिता सुरु हुनु पुर्वको पत्रकार सम्मेलमा पश्चिमा संचारमाध्यमले कतारको खेदो खनेको अभिब्यक्ति दिए । जसले तहल्कानै मच्चायो । उनले कतारको हर संभव बचाउ गरेका थिए । कतार विश्वकपका खेलहरु समुह चरणदेखीनै रोमान्चक बने । साउदी अरेबियाले अर्जेन्टिनालाइ पराजित गरेदेखी फाइनल सम्मै दर्शकले शानदार खेलको मज्जा लिए ।
चार पटकको विजेता जर्मनी, बेल्जियमको गोल्डेन जेनेरेशनले समुह चरण पार गर्न सकेनन् ।  विश्वकपमा पहिलो पटक पांच महादेशका टिम नक आउट चरण पुगे । स्पेन र क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाइ मोरक्कोले माथ खुवायो । मोरक्को सेमफिाइनल पुग्ने  पहिलो अफ्रिकी टोली बन्दा नेइमारको ब्राजिल क्वाटरफाइनलमानै रोकियो । लुका मोड्रिचको क्रोएशियाले अन्डरडग टिमको छबी पुर्ण रुपमा हटायो । 
करिब ३०  लाख जनसंख्या भएको कतारमा   ६४ खेलका दौरान १५ लाख विदेशी पाहुना आएको  आयोजकले बताएको छ ।  फाइनल खेल भएको लुसेल स्टेडियममा ८८  हजार ९६६ दर्शक उपस्थित भएका थिए । 
यो विश्वकपमा इतिहासमै सर्वाधिक १७२ गोल भयो । यसअघि  १९९८ र २०१४ मा १ सय ७१ गोल भएको थियो । स्पेनले समुह कोस्टारिक विरुद्ध ७–० गोलको जीत निकाल्यो । जुन कतार विश्वकपमा कुनैपनि टिमले हात पारेको ठुलो अन्तरको जीत हो । पोर्चुगलले राउन्ड अफ सिक्सटिनमा स्विटजरल्यान्डलाइ ६ एक गोलले हरायो ।  समुहकै खेलमा इङल्यान्डलानइ ६ दुइ गोलले हराएको थियो । तर तीनै टिम  सेमीफाइनल सम्म पुग्न असफल रहे । 

चार साता कतार ग्लोबल भिलेज बन्यो । सहभागी ३२ राष्ट्र सहित विश्वका विभिन्न देशबाट समर्थक दोहा पुगे । फाइनल खेलपछि कतारी राजाले लियोनल मेसीलाय कालो र सुनौलो रंगको जालीदार पहिरन लगाइदिए । यो अरब क्षेत्रको परम्परागत पहिरन हो । राजा मन्त्री लगायतले विषेश समारोहमा यो पहिरन लगाउनछ । जुलाइ बिस्छ भनिन्छ । कतारले यो पहिरन मेसीलाइ लगाइदिएर विश्व सामु आफ्नो संस्कृतिको पहिचान दिएको छ । करियरको पहिलो विश्वकप जितेका मेसीको सम्मानमा लगाइएको पहिरन मार्फत कतारले , आफ्नो मिसनमा सफल भएको संदेश दियो । 
फिफाका अनुसार फाइनल खेल समेत गरेर दोहामा ३ दशमबल ४ मिलियन दर्शकले खेल हेरे । सवैभन्दा बढी साउदी अरेबिया, भारत, अमेरिका, बेलायत र मेक्सिकोका समर्थक कतार पुगे ।  
अल बिद्दा पार्क स्थित फिफा फ्यान फेस्टिभलमा १८ लाख समर्थकले प्रत्यक्ष प्रशारण हेरेका छन् । कतारले फुटवलको माध्यमबाट अरब क्षेत्रको संस्कृतिलाइ विश्वमाझ पुर्याएको छ । 
मेसी र अर्जेन्टिनाको ऐतिहासिक क्षण र एम्बाप्पेको उदयको साक्षी बन्दै  कतार विश्वकपले विदा लियो । अर्को विश्वकप २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुदैछ् । यहि विश्वकप देखी सहभागी टिमको संख्या ३२ देखी ४८ पुग्नेछ । यस्तै तीन देशमा हुने यो पहिलो विश्वकप हुनेछ ।  त्यतिवेला सम्मका लागि सि यु ।