काठमाडौं । सत्तारुढ दल बीच भागबण्डा मिलेको छ । प्रदेशमा कुन पार्टीले सरकार गठन गर्ने भन्ने विषयमा टुगिएको हो ।  

सत्ता साझेदार दलहरु बीच आज ६ वटा प्रदेशको कसको सरकार बनाउने भनेर छलफल भएको थियो । बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीले पालैपालो सरकार चलाउन सहमत भएका छन् । भने, गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने भएको हो ।  

मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमती भएको हो । भने, कर्णालीमा माओवादीले सरकार बनाउने भएको छ ।

प्रदेश १ मा भने, एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

राप्रपाले बागमतीमा मुख्यमन्त्री दाबी गर्ने भन्दै आएको भए पनि मुख्यमन्त्रीमा नगरी छोडेको हो ।