काठमाडौं । पेट्रोलियम मूल्य घटेपछि हवाई भाडा पनि घटेको छ । आन्तरिक हवाई भाडा दर घटेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि वायु सेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएका हुन् ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रूपैयाँले घटेको छ । नयाँ भाडा दर १४ हजार २०५ रूपैयाँ पुगेको छ । काठमाडौं–भद्रपुर भाडा ६ सय रूपैयाँ, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६० रूपैयाँ, काठमाडौं–भरतपुर २१५ रूपैयाँ, काठमाडौं–पोखरा ३२० रूपैयाँ घटेको छ । काठमाडौं–भैरहवाको नयाँ भाडादर ८ हजार २६५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा ४४० रूपैयाँले घटाइएको हो ।

काठमाडौं–नेपालगञ्जको भाडादर ६५५ रूपैयाँ, काठमाडौं–धनगढीको ८८५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको ३७० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सुर्खेत ६९० रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर ४११ रूपैयाँले घटाइएको छ ।