काठमाडौ । आज प्रधानमन्त्री कार्यालयमा गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा मस्यौदा कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले न्युनत साझा कार्यक्रम प्रस्तुत गरेका छन् ।  

पौडेलले प्रस्तुत गरेका न्युनतम साझा कार्यक्रममा नागरिकलाई कसरी सजिलै सेवा दिने भन्ने विषयमा केन्दीत यियो ।  
एमालेको पहिलेदेखि लिएको नीति अनुसार सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने भनिएको छ । देशमा आर्थिक संकट भनिरहेको बेला दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।

देशमा भ्रष्टाचारको कारण विकास हुन सकेन भनिरहेको बेला  भ्रष्टाचार बन्द गराउने भनिएको छ । सरकारी खर्च कटौती  गरेर  राज्यलाई अतिरिक्त भार नथप्ने गरी सवारी साधन खरिद र कार्यालय सञ्चालन खर्च समेत कटौती गर्ने योजना यो सकारले लिएको छ ।

सरकारले ५ वर्षभित्र सबै खालका भत्ताको वृद्धि गर्ने जनाएको छ ।