काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुने भएका छन् ।

ओजोड इन्स्योरेन्सबाट मर्जर समितिका संयोजक चिरन्जीवी र युनाइटेड इन्स्योरेन्सबाट मर्जर समितिका संयोजक रवीन्द्रराज पन्तले मर्ज सम्झौता गरेका हुन् ।

दुई संस्था गाभिएपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने जनाइएको छ ।