काठमाडौं । विश्व अर्थतन्त्रमा गम्भीर मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकको एक अध्ययानले विश्व अर्थतन्त्रको प्रक्षेपण सार्वजनिक गर्दै सो कुरा बताएको हो । अब आउने मन्दी लामो समय रहने छ ।

नेपाल आयातमुखी अर्थतन्त्र भएकाले पनि विश्वमा मन्दी आउदा त्यसको चर्काे असर पर्ने छ । यस भन्दा अघिको रुस युक्रेनको युद्धले समेत नेपालको अर्थतन्त्रमा असर गरेको थियो । भने, अब आउने आर्थिक मन्दीले पनि नराम्रो असर पार्ने विज्ञहरु बताउछन् । 

विश्व बैंकले २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशत, भारतको ६.९ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत, नेपालको ५.१ प्रतिशत, भुटानको ४.१ प्रतिशत, पाकिस्तानको २ प्रतिशत, श्रीलंकाको ४.२ प्रतिशत आर्थिक बृद्धि रहने प्रक्षेपण गरेको छ ।