काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघमा ब्याजदर घट्ने तयारी गरेको छ । राष्ट्र बैंकले सो संकेत गरेको छ । तरलता सहज हुँदै गएकाले ब्याजदर घट्ने भएको हो । पुसको अन्तिम माघ महिनाको लागि व्याजदर घट्ने अवस्था आएको हो ।

ब्याजदर घट्दा निजी क्षेत्र र सेयर बजारमा केही राहत हुने छ । अहिले निजी क्षेत्र ब्याजदर महंगो भएकोले उद्योग स्थापना हुन नसकेको र बस्तु उत्पादन गर्न गर्न पनि गारो भएको बताइरहेको छ ।

बैंकहरुले अहिले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर दिइरहेका छन् । कर्जाको ब्याजदर १८ प्रतिशतसम्म लिइरहेका छन् ।