काठमाडौं । नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले  ब्याजदर घटाउने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघका नव नियुक्ति अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ब्याजदर घटाउने निर्णय गरेको बताए  ।

अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।