
काठमाडौं । नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीको ठाडो प्रस्तावमा घिमिरेलाई सभामुखको उम्मेदवार बनाइएको हो।
बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ। पार्टीले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरको र अध्यक्षको ठाडै प्रस्ताव मा उहाालाई उमेद वार बनाउन ल ागिएको उनले बताए । अध्यक्ष कामरेडले अहिले देवराजजीलाई सभामुख बनाउ भनेर निर्देशन दिनुभएको का रण उहाँलाई पार्टीलाई उमेदवार बनाउन लागिएको नको भनाइ छ ।
झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरे अध्यक्ष ओलीका विश्वासपात्रका रुपमा मानिन्छन्। यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने चर्चा रहेको थियो।
अन्तिम अवस्थामा घिमिरेले सभामुख उम्मेदवार बन्ने अवसर पाएका हुन् । सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ।
Facebook Comments