काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाइ सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन् । आज संसदमा सम्बोधनको क्रममा उनले पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तलाई सूचना दिने तथा विमा व्यवस्थाका विषयमा काम भइरहेको समेत बताए।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री किरातीले शव संकलन तथा एक बालकको खोजी जारी राखिएको बताए । दुर्घटना जाँच आयोगले पनि दुर्घटनाका कारण बुझ्नेबारे पनि समितिले तीव्र रुपमा काम गरिरहेको बताए ।

‘उद्धार तथा खोजीका कार्य तीव्र रुपमा भइरको छ । मृतकको पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पोष्टमार्टम भएको छ। त्यसपस्चात आफन्तलाई शव बुझाउने काम भइरहेको छ,’ उनले भने ।

शव व्यवस्थापनका लागि पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा राखिएको परीक्षणपछि आफन्तकामा जिम्मा लगाउने काम भइरहेको मन्त्री किरातीले स्पष्ट पारे ।

यस्तो घटना दोहोरिन नदिनका लागि प्राधिकरण मातहतका निकायलाई कडा निर्देशन दिएको पनि बताए ।