काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर आईपीओमा आवेदन दिने आज माघ ६ गते अन्तिम दिन हो ।  आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन पाइने छ । हिजोसम्म १२ लाखको आवेदन परेको र आज पनि आवेदन पर्ने क्रम जारी रहेको छ । 

कम्पनीले कूल ८ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर आईपीओ निष्काशन खुला गरेको छ । ५४ हजार कित्ता सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयर सर्बसाधारणका लागि निष्काशन गरिएको हो । 

सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको उक्त आईपीओ ८९ हजार ६ सय ४० जनाले १०–१० कित्ताका दरले पाउने छन् । १२–१५ लाख बढीले भर्ने हुँदा उक्त कम्पनीको आईपीओ १० कित्तामात्रै भर्नु उपयुक्त हुनेछ । 

यसअघि कम्पनीले १ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित र  १ लाख ८ हजार कित्ता शेयर विदेशीमा कार्यरत नेपाली श्रमिक बिक्री गरिसकेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।  

दोलखाको सदरमुकाम चरिकोटबाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा कम्पनीले केवलकार संचालन गर्दै आएको छ । केबलबार सञ्चालनपछि दर्शनार्थीहरुलाई सजिलो भएको छ ।