काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्  । 
    
सो त्र,ममा उनले भने– ‘युद्ध लड्दा एक सेकेन्डको जति ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस् ।’ मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिएका थिए । 

जहाज अब उप्रान्त समयमै उड्नु पर्ने र हिजो के भयो त्यो आफुलेनहेनेै बताउँदै  जहाज स्टार्ट भइसकेकाले अब रोकिनु नहुने बताए । उनले आफु नकारात्मक काम नगर्ने र सकारात्मक काममा सधै साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।