झापा  । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय अजय तामाङ, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंशी रहेका छन् । 

उनीहरुलाई आइतबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी उनीहरलाई पक्राउ गरेको प्रहरीले जाएको छ ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यलय झापाले जनाएको छ ।