काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा उत्रिएका अधिकारकर्मी र प्रहरीबीच झडप भएको छ । जिल्ला अदालत काठमाडौं अगाडिबाट आन्दोलनकर्मी र प्रहरीबीच झडप भएको हो । 

झडपसँगै कुर्मीलाई बेपत्ता परिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका केही अधिकारकर्मी पक्राउ परेका छन् । 


माइतीघरबाट बबरमहल हुँदै सिंहदरबारतर्फ आन्दोलन र र्यालीमा निस्किएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।