काठमाडौं । प्रेमप्रसाद आचार्यले मंगलबार संसद भवन, नयाँ वानेश्वरको बाहिर मुख्य सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा एउटा लामो नोट लेखेका थिए ।
उक्त नोटमा दिवंगत आचार्यले विभिन्न राजनीतिक दलका नेतादेखि आफूलाई काम गराएर पैसा नदिने कलेज, डिपार्टमेन्टल स्टोरदेखि विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरेका थिए ।
यसैबीच, कानून व्यवसायी स्वागत नेपालको अग्रसरतामा दिवंगत आचार्यको आत्मदाह दुरुस्साहनमा उनले उल्लेख गरेका सबै जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता भएको छ । अधिवक्ता नेपालले ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन् ।
टेकुमा जाहेरी दर्ता गर्नुअघि नेपालसहितको समुह तीनकुने प्रहरी कार्यालय पुगेको थियो । यद्यपि, तीनकुने प्रहरीले जाहेरी दर्ता नगरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय टेकु पुगेका थिए । उनीहरु दशी प्रमाणसहित प्रहरीमा पुगेका हुन् ।
टेकुमा भने उनीहरुलाई सरकारविरुद्ध समेत जाहेरी भएको विषयमा केही संसोधन गर्न भनिएको थियो ।
Facebook Comments