
काठमाडौं । सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको प्रभु बैंकको सीईओमा अशोक शेरचन नियुक्त भएका छन् ।
सञ्चालक समितिको विहीबार बसेको बैठकले आगामी आइतबार अर्थात माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि शेरचनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जनाएका छन् ।
शेरचन अहिले पनि प्रभु बैंकको सीईओ नै रहेका छन् । उनी तेस्रो कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।
Facebook Comments