
विराटनगर । झापाको कन्काई नगरपालिका–३ बाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ घर भई कन्काई नगरपालिका–३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरी रहेका छन् ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको पहरीले जनाएको छ ।
उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments