काठमाडाैं । र्यटन मन्त्रालयको दानपेटीका बन्द  गरीएको छ । मन्त्रीलाई बधाइ दिन आउने आम महानुभाव लक्षित गरी राखएिको दानपेटीका  माघ १३ देखी बन्द गरिएको हो । 

दानपेटीकामा संकलीत सातदिनको रकम, मन्त्रीको एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत जोडेर हाल सम्म ६ लाख ४ सय ३४  रुपैयाँ जम्मा भउको  मन्त्री सुदन किँरातीले सामाजिक सञ्जाल फेसब्कमा उल्लेख गरेका छन् । 
उक्त पेटिकामा मन्त्री स्वयंले एक महिनाको तलब र सचिवालयका कर्मचारीको आधा महिनाको तलब समेत संकलन गरिएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–‘ आम जनताको लागि केही राम्रो कार्य गने॔ क्रममा बधाई दिन आउने मानुभावहरूबाट खादा र माला लिनको सट्टा दान पेटिका राख्यौ । बिदा बाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर  जम्मा रू ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ ।’

उनले माघ १३ देखी दानपेटीका बन्द  गरीएको जनाउँदै लेखेका छन्–‘दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ ।उक्त सुन्दर अभियानमा सहभागी सबैमा धन्यवाद  ब्यक्त गर्दछौँ।

संकलित रकम शैक्षिक विकास अभियानमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने र  विद्यालय नाम र हस्तान्तरण कार्य चाडै सार्वजनिक गरिने मन्त्री किरातीले उल्लेख गर्दै लेखेका छन् – ‘माथि उल्लेखित  रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ ।  विद्यालयको नाम र हस्तान्तरण कार्य चाडै सार्वजानिक गरिनेछ ।’