
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले नेपाल धितोपत्र बोर्डद्वारा जारी सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण सम्पन्न गरेको छ ।
म्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा (१५) को उपदफा (७) को अधिनमा रहि अभिमुखीकरण सम्पन्न गरेको हो ।
संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु, सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा उपस्थित गराई अभिमुखिकरण सम्पन्न गरेको हो ।
कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तिय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्पmबाट कानून विभागका का.मु. निर्देशक राजाराम दुवाल तथा नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले ले अिभमुखीकरण गरेका थिए ।
Facebook Comments