काठमाडौं । नेपालमा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८५० जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा पाँचजना निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको छ। कोरोनाविरुद्धको खोप लगाएको विवरण भने उल्लेख गरिएको छैन।