काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल वीरेन्द्र सैनिक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिलता आएसँगै बुधबार छाउनीस्थित वीरेन्द्र सौनिक अस्पतालमा भर्ना भएका हुन् ।

७५ वर्षीय कटवाल मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् । नियमित डायलासिस गराउँदै आएका कटवाललाई बुधबार देखी  स्वास्थ्यमा जटिलता आएको थियो । कटवाल बुधबार नियमित डायलासिस गर्न अस्पताल जाँदा  स्वास्थ्य अवस्था थप समस्या भएका कारण भर्ना भएका अस्पताल स्रोतले जनाएको छ । 

कटवालकोअहिले आईसीयूमा उपचार भइरहेको र खतरामुक्त रहेको सैनिक अस्पतालका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।