काठमाडौं ।  चितवनका तरकारी उत्पादक किसानहरूले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै विरोध स्वरूप किसानले तरकारी सडकमा फालेका हुन् । 


प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यता भएको किसानहरुले बताएका छन् ।  किसान मारमा परेको भन्दै चितवनको नारायणगढ पुल्चोकमा काँक्रा, गोलभेँडा, काउली, बन्दा लगायतका तरकारी फालेर आन्दोलन गरेका हुन् ।

भारतीय तरकारीको जथाभाबी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै किसानले आक्रोश व्यक्त गरेका छन् ।