काठमाडौं ।  प्रेस चौतारी नेपालको स्थापना दिवसमा प्रदेश एकमा विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।  प्रदेशमै पहिलो पटक आइतबार प्रदेशका सबै जिल्लामा एकै साथ विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । 

प्रदेशमा रहेका १४ वटै जिल्लाहरुमा संगठनको तर्फबाट विविध कार्यक्रम गरीएको प्रेस चौतारी प्रदेश एक का इन्चार्ज बिक्रम लुइटेलले जानकारी दिए  । शनिबार प्रेस चौतारी जिल्ला शाखा झापाले झापामा प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा अग्रज पत्रकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको थियो भने अन्य जिलाहरुमा आइतबार विविध कार्यक्रम भइ रहेका छन् ।

जिल्ला शाखा धनकुटाले जिल्ला अस्पताल धनकुटामा रहेका विरामीलाई फलफुल वितरण सम्पन्न गरेको छ भने संखुवासभा, तेह्रथुम,  सोलुखुम्बुमा, खोटाङ र ओखलढुंगामा पनि विरामीलाई फलफुल बितरण कार्यक्रम सम्पन्न भएको छ । यस्तै यी जिल्लाहरुमा पत्रकार बिच चियापान तथा  शुभकामना आदान प्रदानको पनि आयोजना गरीएको थियो ।

इन्चार्ज लुइटेलका अनुसार ताप्लेजुङमा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराई प्रमुख आतिथ्यता र प्रदेश १ का उर्जा मन्त्री तिल कुमार मेन्याङ्बोको अतिथ्यतामा ४ जनालाई पुरस्कार र स्थानीय तहमा निर्वाचित चौतारीका सदस्यलाई सम्मान कार्यक्रम आयोजना गरीएको छ । चौतारीले प्राय सबै जिल्लाहरुमा अग्रज पत्रकारहरुलाई सम्मान गर्ने बताएको छ ।

पाँचथरमा  अग्रज पत्रकारहरुलाई सम्मान, पुरस्कार घोषणा र अन्र्तक्रिया रहेको छ भने  इलाममा  पुरस्कार वितरण र अन्र्तक्रिया रहेको छ ।

यसै गरी  मोरङ  प्रदेश  १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा विभिन्न पुरस्कारद्वारा पत्रकारहरुलाई पुरस्कार वितरण र सम्मान गरिने  कार्यक्रम रहेको छ । सुनसरीमा पुरस्कार वितरण, सम्मान र अन्र्तक्रिया रहेको छ भने  उदयपुरमा जिल्ला शाखाको आयोजनामा आधारभुत पत्रकारिता  तालिम र  पुरस्कार घोषणा कार्यक्रम रहेको छ । भोजपुरमा पनि  अग्रज पत्रकार सम्मान कार्यक्रम रहको छ ।