काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो  ३२औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरेको  भ्रस्टाचार नियन्त्रण ,सुशासन तथा सदाचार सम्बन्धि चेतनामूलक रास्ट्रब्यापी लोक गीत प्रतियोगितामा प्रदेश एकका भानु ओली,अन्जु गौतम, केशव अधिकारी, लिला  श्रेष्ठ र पासाङ डोमा शेर्पा प्रथम भएका छन् । 

रेडियो नेपालमा आयोजित प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक साथै सस्कृतिकर्मी रामजी थापा (रोचक)को शब्द रचना रहेको ‘होसियार खबरदार’ बोलको गीतले प्रथम स्थान हासिल गरेको हो ।

मूलकभरबाट सहभागी ७६ जना  प्रतियोगीहरू मध्यबाट १५ जना छनौट गरी उनीहरुबीच रेडियो नेपालको प्राङ्गणमा प्रत्यक्ष प्रतिस्पर्धा गराईएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा।हरि पौडेल र आयोगका सचिव रामेश्वर दङ्गालले प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

खड्ग गन्धर्वको शब्द रचना,करुणा गन्धर्व र स्मृति शाहीले स्वरमा रहेको  भ्रष्टाचार नियन्त्रण सुशासन बोलको गीतले द्वितीय स्थान हासिल गरेको छ भने  गोरखाका निश्चल गुरुङ तृतीय  र इलामका टेकनाथ दियाली सान्त्वना स्थान हासिल गरेका छन् । 

नेपालको पुर्बी भेगमा  बस्ने याखारदेवान समुदायमा प्रचलित  ूडोकेनी लाकू भाकामा प्रस्तुत गरिएको उक्त्त गीत प्रथम भएपछि संगीत क्षेत्रका व्यक्त्तिहरुले बधाई साथै शुभकामना दिएका छन् ।

यता प्रथम हुने समुहको तर्फबाट प्रथम हुने गीत साथै समुहलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने,  प्राचीन लोपोन्मुख यलम्बर बाध्यबादक ‘फातुङ नकुल कार्की ,झ्याम्टा बादनमा युबराज पोर्तेल, च्याब्रुङ बादनमा खर्क बुढामगर र रामजी थापा ‘रोचक’ साथै अन्य बाध्यबादनमा सहयोग गर्ने रेडियो नेपालको टिम सहित  परम्परागत बाद्यबादान ब्यबस्थापन गरिदिनु हुने भरत बुढाथोकी ,खगेन्द्र याक्सो,टेकेन्द्र याक्सो साथै सहभागी हुन प्रेरित गर्नुहुने साउण्ड ईन्जिनियर प्रकाश खरेल  लगायतलाई आभार प्रकट गरेको छ।