काठमाडौं । एमाले नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् ।  लामीछानेले दिएको अभिव्यक्तिप्रति  समर्थन जनाउँदै उनी रवीको रक्षामा बोलेका हुन् । 

रविको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताउँदै उनले रविले निस्फिक्री बालेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले  ‘प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो,’ भनेका छन् ।

हिजोको पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिएका थिए । नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए ।