
काठमाडौं । शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ। स्थानीय समय अनुसार आज बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
अमेरिकाको जियोलोजिकल सर्भेले ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण ९एएफएडी० ले ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ ।
टर्कीको सरकारी सञ्चारमाध्यम एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने ४ सय ४० जना भन्दा बढी घाइते भएका छन् ।
भूकम्पले सिरियामा पनि ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । सिरियामा भूकम्पमा परी हालसम्म ४२ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
टर्कीका गृहमन्त्री सुलेमन सोयलुले भूकम्पबाट देशका दशवटा सहर प्रभावित भएको जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा बचाउ कार्य सुरु भइसकेको जानकारी दिएका छन् ।
Facebook Comments