काठमाडौं । 'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो । काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ ।

यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन् ।

काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र म्याग्नेसियमको कमी हुँदैन।

यस्ता छन् काजुका फाइदा–

काजु खाँदा हड्डी बलियो हुन्छ । काजुमा क्याल्सियम र म्याग्नेसियम पाइन्छ जुन हड्डीका लागि फाइदाजनक हुन्छ ।

काजु खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ । त्यसैले काजु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ । काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ।

दैनिक ३-४ वटा काजु खाँदा तौल नियन्त्रणमा पनि मद्दत पुग्छ । काजु खाँदा मोटोपना कम हुन्छ। यसमा राम्रो फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मेटाबोलिजम बढाउँछ ।

काजुमा भिटामिन ई र एन्टी-अक्सिडेन्ट गुण पाइन्छ, जसले तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ । दैनिक काजु खाँदा छालामा चाउरी पर्ने समस्या कम हुन्छ ।

एक दिनमा कति खाने ?

स्वादिलो ​​लागे पनि दिनमा ३–४ वटा वा बढीमा ५ वटा काजु खानु हुँदैन। धेरै काजु खाँदा पेट खराब हुन सक्छ। फाइदाको साटी शरीरमा हानि पुग्न सक्छ।