वीर अस्पतालको अनलाइन सिष्टममा समस्या आएपछि ओपीडी टिकट काउण्टर अस्तव्यस्त बनेको छ । आधा घण्टाअघि सिष्टमले काम नगरेपछि अनलाइनमार्फत् हुने -काम रोकिएका छन् ।
अस्पतालका प्रशासन प्रमुख सागर मिश्रले विद्युत् सेवा काटिएको र जेनेरेटरले तत्काल काम नगरेपछि समस्या आएको जानकारी दिए ।
अनलाइन माध्यमबाट काम नभएपछि ओपीडीमा आउने बिरामीलाई कार्डमा विवरण नराखी सम्बन्धित ओपीडीको छाप लगाउँदै पठाउँदै गरिएको छ ।
Facebook Comments