काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्ताहरूको कमिशन कटौती गर्ने भएको छ । अभिकर्ताहरूले बोनस बढाउन दबाब दिइरहेको बेला समितिले उनीहरुकै कमिशन कटौती गर्न लागेको हो । 

बीमा समितिका एक उच्च अधिकारीले बोनस दर बढाउन  अनावश्यक दबाब दिने काम भएकाले कमिशन घटाउन लागिएको बताए । उनले भने, ‘अहिले अभिकर्ताले बुझेर पनि नबुझे जस्तो गरी बुझ पचाएको अवस्था छ । बोनस बढ्नैपर्छ घट्नु हुन्न भन्न थालेका छन् । तर, फ्युचर बोनस प्रोभिजनिङ गर्दा बोनसमा घटबढ हुनु भनेको सामान्य कुरा नै हो । यसलाई अभिकर्ताले पनि सहज रूपमा बुझ्न जरूरी छ ।’ 

 
 
 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले बोनस  दर नघटाउन समितिलाई दबाब दिँदै आएका छन् । अभिकर्ताले नचाहिँदो ढिपी गरेकाले बाध्य भएर उनीहरूको कमिशन घराउने तयारीमा पुगेको समितिको भनाई छ ।