काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिर्ने ४ वटा ठूला उद्योगको आज विद्युत काटेको छ । जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिएको विद्युत प्राधिकरण स्रोतले बतायो ।

जगदम्बा स्टिल १ अर्ब १४ करोड, घोराही सिमेन्ट १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।

उद्योगीले भने प्रयोग नै नगरेको विद्युतको विल तिर्न भनेकाले समस्या परेको बताउँदै आएका छन् ।