
नेपाल बेसबल एण्ड सफ्टबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको प्रथम राष्ट्रिय बेसबल फाइभ प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समीकरण तयार भएको छ ।
सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेश विरुद्ध खेल्ने छन् ।भोलि नै सेमिफाइनल बिजेताहरुले फाइनल खेल्नेछन।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भइरहेको प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा ७ टिम सहभागी छन् । बेसबल फाइभ प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना गरिएको आयोजक नेपाल बेसबल एण्ड सफ्ट बल संघका अध्यक्ष दीपक न्यौपानेले जनाएका छन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
Facebook Comments