ललितपुर । सातौ राष्ट्रिय भलिबल दिवस र सैँबु भलिबल क्लबको पहिलो वार्षिक उत्सवको अवसरमा संैबु भलिवल क्लबको आयोजनामा भलिबल क्लब र नेपाली सेनाको देवीडाँडास्थित सुर्यदल गणबीच भएको मैत्रीपुर्ण खेलमा  सुर्यदल गणले विजय हासिल गरेको छ ।  सैबु भलिबल क्यललाई गणले २५–१९, २५–२३ र २५–२२ को सोझो सेटमा पराजित गरेको  छ । विजयी टीमलाई क्लबका अध्यक्ष धिरज कुँवरले सम्मान गर्नुभएको थियो । 

प्रदेश खेलकुद विकास परिषदका सदस्य एवं भलिबल खेलाडी  सुनिता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले स्थानीय तह, जिल्लाले गरेको कुनैपनि खेलकुदको कार्यक्रममा परिषद्ले सक्दो सहयोग गर्ने बताउनुभयो ।  ‘म आफै भलिबल खेलाडी हुँ यही क्लमा पनि आबद्ध भएको कारणले आफुले भलिबल खेल विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ’ु–उहाँको भनाई थियो । 

 कार्यक्रममा विशेष अतिथि ललितपुर महानगरपालिका –१८का अध्यक्ष दामोदर खड्काले भलिबल खेललाई यो वडाका विद्यालयमा बिस्तार गर्न आवश्यक रहेको बताउदै त्यसको लागि प्रदेश खेलकुद परिषदले सहयोग गर्नुपर्ने बताउनुभयो ।  एकवर्ष अघि स्थापना भएको सैबु भलिबल क्लबले गरेको कामको प्रशंसा गर्दै उहाँले भन्नुभयो–थप कार्यक्रम गर्न वडाले सहयोग गर्नेछ । 

 ‘भलिबल खेललाई देशब्यापी रुपमा विस्तार गर्न सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाले भन्नुभयो–राष्ट्रिय खेल बिस्तार गर्न सबैको सहयोग अपरिहार्य रहेको छ । विषेश अतिथि वडा नं–२५ का अध्यक्ष दौलत खत्रीले संगै जोडिएको १८ र २५ नम्बर वडाले संयुक्त रुपमा सहयोग गरेर भलिबल खेल बिस्तार गर्नुपर्ने बताउनुभयो । वडा, जिल्ला, प्रदेश र देशब्यापी रुपमा भलिबल खेलको विस्तार गर्नुपर्ने उहाको भनाई थियो ।  

 

सातवर्षअघि सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेकोमा सबैले खुसी मनाएका थिए ।  कार्यक्रममा भलिबल दिवस र क्लबको पहिलो वार्षिक उत्सवको अवसरमा केक काटेर खुसीयाली साटासाट गरिएको थियो ।

 एकवर्ष अघि स्थापना गरेको क्लबले छोटो अवधिमा निरन्तर रुपमा भलिबल प्रशिक्षण जारी राखेको बताउदै क्लबका अध्यक्ष कुँवरले यस्लाई अब जिल्लाब्यापी रुपमा प्रशिक्षण दिनेगरी तयारी भैरहेको जानकारी दिनुभयो । भन्नुभयो–भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेपछि यसप्रति सरकारले चासो बढाउन थालेको उल्लेख गर्नुभयो । 

अध्यक्ष कुँवरले नेपाली सेनाको सहभागिताले खेलाडीलाई हौसला बढाएको उल्लेख गर्नुभयो । ‘म पनि प्रशिक्षक  हुँ, मैले खेल सिकाएका खेलाडीले राष्ट्रिय रुपमा भलिबल खेललाई चिनाएका छन् । आफु जन्मेको स्थानमा  भलिबल खेलेको विकास गर्ने उद्देश्य स्थापना गरेको क्लबले दर्जन बढी उत्कृष्ठ खेलाडी उत्पादन गर्न सफल भएकोमा आफुलाई खुसी लागेको उहाको भनाई थियो ।